९ मंसिर २०८३, मंगलवार

बाँकेको चिसापानी मेलामा झडप, चार प्रहरीसहित पाँच जना घाइते

ड्रागन मिडिया सम्वाददाता

बाँकेको बैजनाथ गाउँपालिका–१, चिसापानीमा मंगलबार बिहान पूर्णिमा मेलामा दुई समूहबीच झडप हुँदा एक स्थानीय बासिन्दा र चार प्रहरी घाइते भएका छन्। झडप रोक्न पुगेको टोलीमाथि ढुंगामुढा भएपछि प्रहरीले आठ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरका अनुसार बिहान करिब ४ बजे मादक पदार्थ सेवन गरेका १५ जनाको समूहले स्थानीय ४२ वर्षीय प्रेमबहादुर थापालाई कुटपिट गरेपछि झडप शुरु भएको थियो। थापा कुटपिटबाट घाइते भएका हुन्। झडपमा घाइते भएका चार प्रहरीमध्ये एक जना प्रहरी नायब निरीक्षक डिलबहादुर गिरी हुन्।

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मनोज सुनारलाई पक्राउ गरेको छ। घटनामा संलग्न भएको आशंकामा अन्य व्यक्तिको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button