भारत भ्रमणबाट नेपालको दीर्घकालीन हितमा के उपलब्धि भयो भन्ने स्पष्ट पार्न थापाको माग

ड्रागन मिडिया सम्वाददाता
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भारत भ्रमणमा भएका सहमति र तिनबाट नेपाललाई हुने दीर्घकालीन लाभबारे देशवासीलाई जानकारी दिन प्रधानमन्त्री बालेन्द्र शाहसँग माग गरेका छन्।
मंगलबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा थापाले भ्रमणका केही उपलब्धिलाई पार्टीले स्वागत गरेको बताए। नेपालको दीर्घकालीन हितसँग जोडिएका केही विषयमा भने के प्रगति भयो भन्ने अझै स्पष्ट नभएको उनको भनाइ थियो। ती विषयमा कुनै सहमति भएको भए त्यसको विवरण प्रधानमन्त्रीले सार्वजनिक गर्नुपर्नेमा उनले जोड दिए।
‘नेपालका केही दीर्घकालीन हितका विषयका सन्दर्भमा हामी केही पनि देखिरहेका छैनौँ। हामी बोल्न हतार गर्दैनौँ,’ थापाले भने।





