रथी अनुपजंग थापासहित छ अधिकृतलाई दर्ज्यानी चिह्न

ड्रागन मिडिया सम्वाददाता
प्रधानसेनापति अशोकराज सिग्देलले रथीमा बढुवा भएका अनुपजंग थापासहित नेपाली सेनाका छ अधिकृतलाई मंगलबार दर्ज्यानी चिह्न प्रदान गरेका छन्। काठमाडौंस्थित सैनिक मुख्यालय जंगीअड्डामा आयोजित समारोहमा उपरथीमा बढुवा भएका मनोज थापाले पनि नयाँ दर्जाको चिह्न ग्रहण गरे।
समारोहमा जगत शाह, पंकज रावल र शितल बानियाँले प्राविधिक सहायक रथीको दर्ज्यानी चिह्न प्राप्त गरे। प्रधानसेनापति सिग्देलले प्राविधिक महासेनानीमा बढुवा भएका अरविन्द श्रेष्ठलाई पनि दर्ज्यानी चिह्न प्रदान गरे।





