९ मंसिर २०८३, मंगलवार

राइजिङ स्टार्स एसिया कपमा नेपालविरुद्ध पाकिस्तान ‘ए’ले पहिले ब्याटिङ रोज्यो

ड्रागन मिडिया सम्वाददाता

राइजिङ स्टार्स एसिया कप क्रिकेटको समूह ‘बी’ अन्तर्गत मंगलबार नेपालविरुद्ध पाकिस्तान ‘ए’ले टस जितेर पहिले ब्याटिङ रोजेको छ। समूह चरणको आफ्नो तेस्रो खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ।

नेपालले अघिल्ला दुई खेलमा एक जित र एक हार बेहोरेको छ। पहिलो खेलमा भारत ‘ए’सँग ३०६ रनले पराजित भएको नेपालले दोस्रो खेलमा संयुक्त अरब इमिरेट्स (यूएई)लाई छ विकेटले हराएको थियो। प्रतियोगिताको समूह ‘ए’मा श्रीलंका, बंगलादेश, अफगानिस्तान र हङकङ छन्।

पाकिस्तान ‘ए’विरुद्ध नेपालको अन्तिम एघारमा कप्तान सन्दीप लामिछानेसहित कुशल भुर्तेल, इशान पाण्डे, लोकेश बम, मयन यादव, नन्दन यादव, अभिषेक गौतम, बसिर अहमद, पवन सर्राफ, रसिद खान र देव खनाल छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button