१२ मंसिर २०८३, शुक्रबार

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता, सरकार, संसद र अध्यादेशबारे छलफल

ड्रागन मिडिया सम्वाददाता

राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच शुक्रबार भेटवार्ता भएको छ।

राष्ट्रपति भवन शीतल निवासमा दिउँसो भएको भेटवार्तामा सरकार, संसद, अध्यादेश तथा मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे छलफल भएको देशसञ्चारले जनाएको छ।

यसैबीच राष्ट्रपति पौडेलसँग प्रधानमन्त्री बालेन्द्र शाहले पनि शुक्रबार शीतल निवासमा भेटवार्ता गरेका छन्। उक्त भेटमा प्रधानमन्त्री शाहले हालै सम्पन्न भारतको राजकीय भ्रमणबारे राष्ट्रपतिलाई जानकारी गराउनुका साथै अन्य समसामयिक विषयमा छलफल गरेका थिए।

राष्ट्रपति पौडेल र रास्वपा सभापति लामिछानेबीच भएको भेटवार्तामा कुन अध्यादेश तथा संसदीय विषयमा छलफल केन्द्रित थियो भन्ने विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button