१४ मंसिर २०८३, आईतवार

दशौं राष्ट्रिय खेलकुद : पुरुष डबल्स टेनिसमा गण्डकीलाई स्वर्ण

ड्रागन मिडिया सम्वाददाता

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष डबल्स लन टेनिसमा गण्डकी प्रदेशका प्रदीप खड्का र करणबहादुर थापाले स्वर्ण पदक जितेका छन्।

बर्दियामा आइतबार सम्पन्न फाइनलमा गण्डकीको जोडीले नेपाली सेनाका राजवीर प्रधान र प्रणभ खनाललाई ६–७, ६–४ र १२–१० ले पराजित गरेको हो।

पहिलो सेट गुमाएको गण्डकीको जोडीले दोस्रो सेट जित्दै खेलमा पुनरागमन गरेको थियो। निर्णायक चरणमा प्रतिस्पर्धात्मक जित निकाल्दै गण्डकीले स्वर्ण पदक सुनिश्चित गरेको हो।

मिश्रित डबल्सको फाइनलमा भने नेपाली सेनाकै प्रणभ खनाल र स्वस्तिका विष्टको जोडी तथा राजवीर प्रधान र शिवाली गुरुङको जोडीबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका सहायक निर्णायक सूर्यभूषण बज्राचार्यले जानकारी दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button