१४ मंसिर २०८३, आईतवार

बारामा २३७ किलोग्रामभन्दा बढी गाँजासहित गाडी बरामद, चालक फरार

ड्रागन मिडिया सम्वाददाता

बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ स्थित पथलैया क्षेत्रमा प्रहरीले २३७.१७ किलोग्राम लागुऔषध गाँजासहित एउटा गाडी बरामद गरेको छ।

शनिबार साँझ अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको बा १७ च २६३६ नम्बरको गाडीलाई प्रहरीले जाँच गर्न खोज्दा चालकले तीव्र गतिमा भगाएका थिए।

पथलैया प्रहरी चौकी र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको टोलीले गाडी पछ्याएपछि चालकले दुधौरा खोलाको पुलपारि जंगलछेउमा इन्जिन चालु अवस्थामै गाडी छाडेर फरार भएका थिए।

गाडीको पछाडिको डिक्कीमा लुकाएर राखिएको गाँजा बरामद भएको प्रहरीले जनाएको छ। चालक भागेको दिशाबाट एक थान मोबाइलसमेत फेला परेको छ।

प्रहरीले गाँजासहित गाडी नियन्त्रणमा लिएर फरार चालकको खोजी तथा घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button