सीजीटीएन पोल – कर शुल्कको धाकधम्कीले अमेरिकाको सार्वजनिक रायमा गम्भीर रूपमा क्षति

अमेरिकाले अघि सारेको भन्सार शूल्क वृद्धि सम्बन्धि अवधारणाले उसको ठूलो मुलुकको हैसियतलाई चकनाचुर बनाएको छ। अमेरिकी नयाँ सरकारले पार गरेको पहिलो १ सय दिनको सन्दर्भमा चाइना मिडिया ग्रुपको सीजीटीएनले गरेको विश्वव्यापी सर्वेक्षण अनुसार, अमेरिकी कर शुल्कको धाकधम्कीले विश्वभर अमेरिका विरोधी भावनालाई तीव्र रूपमा वृद्धि गराएको छ।
सर्वेक्षण गरिएका ३८ देशहरूमध्ये ३७ देशका उत्तरदाताहरूले अन्तर्राष्ट्रिय व्यापार व्यवस्थालाई कायम राख्नका लागि चीनको प्रतिवाद कदमलाई समर्थन गरेका छन् ।
यो सर्वेक्षण चालु वर्षको फेब्रुअरी र अप्रिलमा दुई पटक गरिएको थियो जसमा विश्वका ३८ देशका १५,९४७ उत्तरदाताहरू सहभागी थिए । ७४.२ प्रतिशत विश्वव्यापी उत्तरदाताहरूले अमेरिकी कर शुल्क नीतिहरूले आफ्नै देशको आर्थिक विकासलाई गम्भीर रूपमा बाधा पुर्याउने विश्वास गर्छन्।
सीजीटिएन र चीनको रनमिन विश्वविद्यालयले नयाँ युगमा अन्तर्राष्ट्रिय प्रसारण इन्स्टिच्युटमार्फत् विश्वव्यापी ३८ देशका १५,९४७ उत्तरदाताहरूमा यो सर्वेक्षण गरेका थिए।





