चीन र रुसको मित्रताको बीउ छर्ने रुसी युवती

रुसी विद्यार्थी नासच्याले हाल है लुङ च्याङ प्रान्तीय हार्बिनस्थित है लुङ च्याङ विश्वविद्यालयमा चिनियाँ भाषाको अन्तर्राष्ट्रिय शिक्षाको मास्टर डिग्रीको अध्ययन गरिरहनुभएको छ। उहाँले भविष्यमा रुस र चीनको साँस्कृतिक आदान-प्रदान र मित्रतालाई बढाउने शिक्षक तथा सम्बन्धित् क्षेत्रको एक कर्मचारी बन्ने तयारी गरिरहनुभएको छ।
पत्रकारले है लुङ च्याङ विश्वविद्यालयमा नासच्यासँग भेट्दा उहाँ प्राध्यापकसँग विज्ञान तथा प्रविधिसम्बन्धी चिनियाँ भाषा र रुसी भाषाको अनुवादबारे छलफल गरिरहनु भएको थियो। उहाँ विज्ञान तथा प्रविधिसम्बन्धी एक अनुवाद प्रतियोगिताका लागि तयारी गरिरहनु भएको थियो। नासच्याले चीनमा बसोबास र अध्ययन गर्दैआउनुभएको तेह्रो वर्ष भइसक्यो। उहाँ चिनियाँ भाषा सरर बोल्नसक्नु हुन्छ। तर उहाँले अरू क्षेत्रबारे ज्ञान हासिल गर्ने र चीनबारे गहिरो रुपमा जानकारी लिने आशा लिनुभएको छ। उहाँ भन्नुहुन्छ “रुसमा धेरै मानिसहरू चिनियाँ भाषा बोल्न मन पराउँछन्। त्यसैले चीनको विभिन्न क्षेत्र र विभिन्न व्यवसायका मानिससँग कुराकानी गर्न मैले चीनको अर्थतन्त्र, विज्ञान तथा प्रविधि, इतिहास, पर्यटनआदि क्षेत्रहरूको अध्ययन गर्ने आशा लिएँ। भविष्यमा मैले रुसी साथीसँग चीनको कथाबारे सुनाउनसक्ने छु।”
सन् १९८९मा नासच्या रुसको ऊराल क्षेत्रको पर्म शहरमा जन्मनुभएको थियो। सानो उमेरमा उहाँलाई ब्याले नृत्य मन पर्थ्यो। दश वर्षका हुँदा उहाँ एक ब्याले विद्यालयमा भर्ना हुनुभएको थियो। यो विद्यालय रुसको सबैभन्दा प्रसिद्ध ब्याले विद्यालयहरूमध्येको एक हो। त्यसैले यो विद्यालयले धेरै मुलुकका बालिकाहरूलाई ब्याले नृत्य सिक्न आकर्षित गरेको थियो। त्यसै बेला, एकजना चिनियाँ केटीले नासच्याको मनमा गहिरो छाप छोडेकी थिइन्।
उहाँ भन्नुहुन्छ, “एक दिन सो चिनियाँ केटीले हामीलाई उनकी आमाले चीनबाट ल्याएको मून केक दिइन्। हामीलाई अच्चम लाग्यो। किनभने हामीले पहिले देखेका थिएनौँ। यो के हो? चिनियाँ केटीले हामीलाई भनिन्। मून केकले चन्द्रको प्रतिनिधित्व गर्छ। विद्यालयमा गुरूले हामीलाई चीनको ग्रेटवाल, खुङ च, छिन श व्हाङ माउसोलियमबारे सुनाउनुभएको थियो।”
चिनियाँ सहपाठीले भनेको कुरा, इतिहास पाठ्यक्रममा सिकेको ज्ञानका कारण नासच्या चीनप्रति आकर्षित हुनुभयो। सन् २००८ मा १९ वर्षको उमेरमा नासच्याले ब्याले अभिनयमा सहभागी हुन चीन जाने मौका पनि पाउनुभयो। उहाँले उक्त मौकाको प्रयोग गरी धेरै शहरहरूको अवलोकन गर्नुभयो। चीनबारे धेरै जानकारी लिनुभएपछि उहाँले चीनलाई धेरै माया गर्नुभएको छ। सन् २०११मा उहाँको चीनको जीवन शुरू भयो। उहाँ भन्नुहुन्छ “मैले सुनेको है लुङ च्याङ प्रान्त रुससित समान छ। त्यसैले मेरो विचारमा त्यहाँ मैले रुसीसँग भेट्नसक्ने छु। मैले सुनेको है लुङ च्याङ प्रान्तको म्यान्डरिन मानक छ। त्यसैले मैले चिनियाँ भाषा सिक्न है लुङ च्याङ प्रान्तको छनौट गरेको थिएँ।”





