खर्च कटौती अभियानले अपेक्षित सफलता नपाएको मस्कको स्वीकारोक्ति

वासिङ्टन । प्रविधि उद्यमी एलन मस्कले अमेरिकी सरकारको खर्चमा व्यापक लागत कटौती अभियानको परिणामले ट्रम्प प्रशासनभित्रबाट समेत धक्काको सामना गर्नुपरेकोले आफ्नो मूल महत्वाकाङ्क्षा पूरा गर्न नसकेको बताएका छन् ।

“के क्याबिनेट र संसद्ले कति समस्या थेग्न सक्छ ? यसका लागि धेरै गुनासाहरूको सामना गर्नु आवश्यक छ।” उनले अमेरिकी सञ्चारमाध्यमको एक समूहलाई भने ।

पछिल्लो क्याबिनेट बैठकपछि लिइएको मस्कको यो अन्तर्वार्ता बिहीबार विभिन्न सञ्चारमाध्यमले प्रकाशित गरेका थिए ।

मस्कले आफ्नो समस्याग्रस्त कार कम्पनी टेस्लामा बढी ध्यान केन्द्रित गर्न प्रशासनको लागत कटौती गर्ने उद्देश्यले गठन गरिएको ‘सरकारी दक्षता विभाग’ को अनौपचारिक प्रमुखको रूपमा आफ्नो भूमिका कम गर्ने अपेक्षा गरिएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्केको पहिलो दिनदेखि नै मस्कको नेतृत्वमा टोलीले सरकारी एजेन्सीहरूमा प्रवेश गरेर खर्च गर्न र व्यापक छटनी र अन्य सुधारहरूको चरणहरू सुरु गर्न विभाग (डोज) को प्रयासबारे विशेष चर्चा भएको छ ।

यस अभियानले मस्कको सार्वजनिक छविलाई विवादमासमेत पारेको छ । टेस्ला डीलरशिपहरू संयुक्त राज्य अमेरिका र बाहिर विरोध र बर्बरताको दृश्य बनेका छन् । मस्कले भने, “यो अनुभव ‘साह्रै’ रमाईलो छैन ।”

मस्कले अहिलेसम्म विभागले लक्षित दुई ट्रिलियनको अगाडीसङ्घीय खर्चमा १६० अर्ब अमेरिकी डलर मात्र कटौती गरेको स्वीकार गरेका छन् ।

विभागको योजना अनुसार व्यापक कटौतीले पेन्सन र सेवानिवृत्तहरूको लागि स्वास्थ्य सेवा, र रक्षा बजेटजस्ता सरकारको सबैभन्दा ठूलो लागत आधारहरू घटाउन आवश्यक छ ।

सन् २०२६ को जुलाई ४ सम्म सुधारको छनक देखाउने लक्ष्य राखिएको भएपनि मस्कले यो प्रयास ट्रम्प प्रशासनको चार वर्षसम्म जारी रहन सक्ने बताएका छन् ।

“यो राष्ट्रपतिको कुरा हो,” उनले भने । विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले आफू पूर्ण रुपमा नहट्ने सङ्केत गर्दै हप्ताको एकदेखि दुई दिने वासिङ्टन ह्वाइटहाउसस्थित आफ्नो सानो कार्यालयबाट काम गर्ने योजना रहेको बताएका छन् ।

उनले भने, “विभागको काम बौद्ध धर्म जस्तै जीवनको एक तरिका हो। बुद्ध अहिले जीवित हुनुहुन्न तरपनि तपाईं यो प्रश्न सोध्नुहुन्न कि ‘बौद्ध धर्मको नेतृत्व’ कसले गर्नेछ?”

ट्रम्पले बुधबार मस्कसँग उनी(मस्क)ले चाहेसम्म आफ्नो प्रशासनमा रहिरहन सक्ने बताएका थिए ।
विश्व प्रसिद्ध कार कम्पनी टेस्लाका प्रमुख मस्कले राष्ट्रपतिको निमन्त्रणामा आफू ह्वाइट हाउसको लिङ्कन शयन कक्ष (बेडरुम) मा धेरै पटक सुतेको बताएका छन् ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button