अमेरिकाले धेरै पटक सूचना पठाउन पहल गरेको र वार्ता गर्ने आशा लिएकोबारे चीनको जवाफ

मे २ तारिख चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले चीन र अमेरिकाको आर्थिक तथा व्यापारिक वार्ता अवस्थाबारे पत्रकारका प्रश्नको जवाफ दिएका छन्। पत्रकारले सोधेअनुसार, हाल अमेरिकाले चीनसँग आर्थिक तथा व्यापारिक समस्याबारे वार्ता गर्दैआएको र सम्झौता प्राप्त गर्ने कुरा धेरै पटक व्यक्त गरेको छ। यसबारे चीनको वाणिज्य मन्त्रालयसँग केही सूचना छ कि?
वाणिज्य मन्त्रालयका प्रवक्ताले चीनसँग भन्सार कर समस्याबारे वार्ता गर्ने मनसाय लिने सम्बन्धमा अमेरिको उच्च स्तरको भनाइ चीनले देखेको र अमेरिकाले सम्बन्धित पक्षममार्फत धेरै पटक चीनलाई सूचना पठाएको बताउँदै चीनसँग वार्ता गर्ने आशा व्यक्त गरेको र चीनले यसबारे मूल्यांकन गरिरहेको बताएका छन्।
भन्सार कर युद्ध र व्यापार युद्ध अमेरिकाद्वारा एकतर्फी रुपमा लगाइएको हो। अमेरिकाले वार्ता गर्ने आशा लिएकोमा इमानदारिता देखाउनुपर्ने र गल्ती सच्याउने, थप भन्सार कर एकतर्फी रुपमा असुल्ने काम बन्द गर्नुपर्ने छ।





