जीवनभर बाँसका सामाग्रीमा घुलमिल चा रका महिलाहरू

सिचाङ (तिब्बत)मा सुन्दर केटीको वर्णन गर्न एउटा उखान छ: उसको अनुहार चम्किलो चन्द्रमा जस्तै छ, र उसको सुन्दर आसन चा रको बाँस जस्तै छ। यहाँ उल्लेखित “चा र” शान नान शहरीय लोङ च जिल्लाको चा र बस्ति हो।

 

प्राचीन कालदेखि चा र बाँसका लागि धनी छ। लगभग सबै पहाड-घाटीमा बाँस पाइन्छन्। विगतमा चा र दुर्गम परिस्थिति र संसारबाट अलग भएकाले स्थानीय बासिनदाको जीवनमा निकै कठिनाइ थियो। सौभाग्यवश, हरेक वर्ष उम्रने बाँसले चा रका बासिन्दालाई आशाको प्रकाश देखाएको थियो।

 

पहिला मानिस वा घोडाद्वारा यी चा र बाँसका भाँडाहरू हिमालयको दक्षिणी पहाडी क्षेत्रबाट बाहिर निकालेर सिचाङका विभिन्न ठाउँमा विक्री गरिन्थ्यो। अहिले यी बाँसका भाँडाहरू चा र महिलाहरूको जीवनमा सबैभन्दा अविभाज्य हस्तकला र भाँडाकुँडा भएका छन्।
यस वर्ष ७४ वर्षीय तानचेङछ्युचेन चार बस्तिको साङपातोङ गाउँका बासिन्दा हुनुहुन्छ। उहाँले आफ्नो जीवनभरि कहिल्यै विवाह गर्नुभएन, एकल महिला भएका कारण स्थानीय सरकारबाट आश्रय तथा प्रत्याभूति भत्ता पाउने महिला हुनुहुन्छ। उहाँले आफ्नो सबैभन्दा राम्रो समय बाँस बुन्दै बिताउनुभएको छ। आफ्नो खुट्टाको असुविधाका कारण, तानचेङ छ्युचेन सधैँ एउटा फलामको चुल्होअगाडि बस्नुहुन्छ। चुल्होनजिकै दाउराबाहेक काटिएका दर्जनौँ बाँसहरू कार्डबोर्डको बाकसमा राखिएका छन्। उहाँले सजिलै रूपमा लिनसक्नुहुन्छ।

 

सन् १९५० मा पुरानो सिचाङको चारमा तानचेङ छ्युचेनको जन्म भएको थियो। १२ वर्षको उमेरमा उहाँले बाँस बुन्न सिक्नुभएको हो। यो उमेरका केटीहरूले बाँस बुन्ने सीप सिक्थे, जुन त्यस समयमा एक परम्परा जस्तो थियो।

 

तानचेङ छ्युचेनले गणना गर्न सक्नुहुँदैन, यस जीवनमा आफैले कति बाँसका सामग्रीहरू बुन्नुभयो, र आफ्नो हातबाट बुनिएका कति बाँसका सामग्रीहरू पहाडबाहिर विक्री भए। तर उहाँलाई थाहा छ, यो लामो जीवनकालमा, गाईबस्तुको पालनबाहेक उहाँको सामान्य काम बाँस बुन्नु हो। जुन उहाँको औँलामा बितेको समय हो।

 

त्यतिखेर तानचेङ छ्युचेन र अन्य महिलाहरू दिनको समयमा गाउँ वा घरको काम गर्न व्यस्त हुन्थे र रातमा एक जना गाउँलेको घरमा भेला भएर मैनबत्ती बालेर बाँस बुन्नुका साथ पारिवारिक जीवनबारे गफ गर्दथे।

 

बाँस काट्दा तिनीहरूका हात प्रायः बाँसका तीक्ष्ण टुक्राबाट काटिन्थ्यो। चोट लागेपछि तिनीहरूले आफ्नो लुगाका कुना च्यातेर हतार-हतार हात बाँध्दथे।

 

जीवनमा दुःख, कष्ट भए तापनि हातमा बाँसको कामले केही आशाको संकेत गर्दथ्यो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button