प्रधानमन्त्री ओली र एन्फाबीच ५० हजार दर्शक क्षमताको रंगशाला निर्माणका लागि छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अखिल नेपाल फूटबल संघ(एन्फा)का पदाधिकारीबीच भेटवार्ता भएको छ ।  प्रधानमन्त्री ओली र एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङल र महासचिव किरण राईबीच आज प्रधानमन्त्री कार्यलयमा भेटवार्ता भएको हो ।

५० हजार दर्शक क्षमताको अत्याधुनिक तथा सुविधासम्पन्न फुटबल रंगशाला निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्ति तथा अन्य पूर्वाधार सम्बन्धि विषयमा दुई पक्षबीच प्रधानमन्त्रीको कार्यालयमै विशेष छलफल भएको हो।

छलफलको क्रममा रंगशालाको सम्भावित स्थान भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकाको जगाते रहेको र त्यसअनुसार आवश्यक जग्गा व्यवस्थापन, सरकारी निकायबीचको सहकार्य तथा निर्माण प्रक्रिया छिटो अघि बढाउने विषयमा कुराकानी भएको एन्फाले जनाएको छ ।

छलफलमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ तथा सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासुदेव थापाको समेत उपस्थिति रहेको थियो ।

Nepal Samaj

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button