भोटेकोशीको बाढीले फेरि बन्द भयो स्याफ्रुबेंसी–रसुवागढी सडक

बुधबार बिहान भोटेकोशीमा आएको बाढीले स्याफ्रुबेंसी–रसुवागढी सडकखण्ड पुन: अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय रसुवाका अनुसार बाढीले ठाउँठाउँमा सडक बगाएको छ ।
असार २४ गते आएको बाढीले विभिन्न स्थानमा गरेर करिब एक किमि सडक बाढीले बगाएको थियो भने स्याफ्रुबेंसीदेखि रसुवागढीसम्म १६ किमिमा आवतजावत ठप्प भएको थियो । साउन ४ गतेदेखि एकतर्फी रूपमा खुलेको उक्त सडक पुन: अवरुद्ध भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार गोसाइँकुण्ड गाउँपालिका-२ र ३ का विभिन्न ठाउँमा बाढीले सडक बगाएको छ । स्याउपार्किङ, आर्मी ब्यारेक र घट्टेखोलामा सडक कटान गरेको छ । त्यस्तै २४ गतेको बाढीमा फसेका २ वटा पिकअप भ्यान पनि बुधबारको बाढीले बगाएको कान्तिपुर अनलाइनले जनाएको छ ।
CGTN





