नेपालगञ्ज–११ स्पोर्ट्स क्लब शहिद स्मारक सी डिभिजन लिग उपाधिविजेता

काठमाडौं, । आज सम्पन्न शहिद स्मारक सी डिभिजन लिग छनौट फुटबल प्रतियोगिताको उपाधि नेपालगञ्ज–११ स्पोर्ट्स क्लबले हात पारेको छ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको रोमाञ्चक फाइनल खेलमा नेपालगञ्ज–११ ले सिन्धुपाल्चोक फुटबल क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै उपाधि जित्न सफल भएको हो। यस जीतसँगै क्लबले प्रतिष्ठित शहिद स्मारक ट्रफी आफ्नो नाम गराएको छ।

यद्यपि फाइनल खेलमा प्रवेश गरेका दुवै टोलीहरूले शहिद स्मारक सी डिभिजन लिगमा आफ्नो स्थान यसअघि नै सुरक्षित गरिसकेका छन्। त्यसैले यो फाइनल खेल उपाधिको लागि भएको थियो।

यस ऐतिहासिक जीतमा नेपालगन्ज ११ स्पोर्ट्स क्लब र सम्पूर्ण खेलाडी, प्रशिक्षक र समर्थकहरूलाई हार्दिक बधाई छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button