प्रजिअद्वारा कारागार अनुगमन

समस्या समाधानका लागि सहयोगी भूमिका निर्वाह गर्ने प्रतिवद्धता

२९, पौष । तुल्सीपुर
दाङ जिल्लामा रहेका दुईवटा कारागारहरुको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी आचार्यले प्रायजसो कारागारका सबै कोठा कोठामा पुगेर कैदी बन्दीहरुको बारेमा जानकारी लिनु भएको थियो ।
कारागारहरुमा वन्दी जीवन बिताईरहेका नागरिकहरुलाई बस्न र खान केही पनि समस्या नहोस भन्ने उदेश्य लिएर जिल्लाका कारागारहरुमा अनुगमन गरिएको थियो । कारागारमा रहेका प्रशासनिक र ब्यक्तिगत समस्याहरु समाधान गर्न आफुले सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिबद्दता वहाँले व्यक्त गर्नुभयो । यही मौकामा वन्दी चौकीदारहरुले सामुहीक रुपमा आफ्ना समस्याहरु राखेका थिए ।
उनिहरुले कारागारको पुस्तकालयमा पर्याप्त किताबहरु नभएको, खेल सामग्रीहरुकोकमी भएको, खानेपानीको ब्यबस्थापन गर्नुपर्ने र तुलसीपुरमा भएको पुरानो कारागारमा पानी चुहिने समस्या भएको हुदा बस्न कठिनाई रहेको लगायतका समस्याहरु राखेका थिए । यस्तै उनीहरुले कारागारभित्र सुधारिएको चुल्लो ब्यबस्थापन हुन नसक्दा बिभिन्न स्वास्थ्य  समस्याहरु झेल्नुपरेको बताएका थिए ।
मुलुकी ऐन लागु भैसकेको अवस्थामा पनि कारागार प्रशासनमा केही सुधार हुन नसक्नु दुखद भएको बताउँदै ६ महिना कैद बाँकी रहेका बन्दिहरुलाई निर्माण, सिपमुलक र उत्पादनमा लगाउनुपर्ने प्रावधान कानुनमा रहेपनि अहिले सम्म यो कानुन कार्यान्वयन हुन नसक्नु बन्दिहरुका लागि दुखको कुरा रहेको बताएका थिए ।
कारागारमा सुधारिएको चुल्हो ।।
यसैबिच कारागारमा सुधारिएको चुल्हो ब्यबस्थापन गर्न जिल्ला प्रशासन कार्याल दाङ्गले केन्द्रमा सिफारिस गरेको छ ।
यस अघि परम्परागतरुपमा चली आएको दाउराबाट खाना पकाउने काम भैरहेको थियो जसबाट कारागार भित्र बिभिन्न समस्याहरु उत्पन्न भएपछि जिल्लाका दुईवटै कैरागारहरुमा दाउरा बिस्थापित गरेर ग्यास र ईलेक्ट्रिक चुल्होको ब्यबस्थापन गर्न विभागमा सिफारिस गरिएको प्रजिअ आचार्यले जानकारि दिनुभयो । वहाँका अनुसार कारागारहरुमा आबश्यक पर्ने अन्य कुराहरु बिभागमा लिखितरुपमा पेश गरेर नीतिगत रुपमै समाधान गर्ने तर्फ आफू लागिपरेको समेत बताउनुभयो ।
बन्दीहरुलाई खेल सामग्री हस्तान्तरण
प्रमुख जिल्ला अधिकारी आचार्यको अनुरोधमा दाङ्गमा रहेका दुई कारागारहरुमा खेल सामग्रीहरु हस्तान्तरण गरिएको छ ।
तुलसीपुर उधोग बाणिज्य सघंका पुर्ब अध्यक्ष बिमल रिजालले ब्यक्तिगतरुपमा खेल सामाग्रि प्रदान गर्नुभएको थियो ।
फुटबल, भलिबल, ब्याटम्यान्टिन र नेट सहितका खेल सामग्रीहरु प्रमुख जिल्ला अधिकारीमार्फत कारागारहरुमा प्रदान गरिएको थियो ।
सो अबसरमा जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्द, तुलसीपुर उधोग बाणिज्य सघंका पूर्व अध्यक्ष बिमल रिजाल, रिपोटर्स क्लब दाङ्गका अध्यक्ष शरद रेग्मी लगायतको सहभागिता रहेको थियो ।
तुलसीपुर कारागारमा चार सय ८४ जना  र घोराहि कारागारमा पनि सोहि हाराहारीमा कैदीहरु बिभिन्न मुद्दामा कैद सजाय भोगिरहेका छन ।
– सरद रेग्मीबाट
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button