प्रहरीको विशेष अभियानमा के छ ?

लुम्बिनी प्रदेश विशेष

माघ ५, बर्दिया ।
सार्वजनिक स्थान र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुर्व्यवहार विरुद्ध लुम्विनी प्रदेश प्रहरीको विशेष अभियान शुरु भएको छ ।
सार्वजनिक स्थान र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुर्व्यवहार विरुद्धको कार्यलाई नियन्त्रण गरी सुरक्षित, सभ्य र महिला तथा बालबालिकामैत्री वातावरणको सिर्जना गर्ने उद्देश्यका साथ “यौनजन्य दुर्व्यवहार विरुद्धको विशेष अभियान” कार्ययोजना, २०७७ संचालन गरिएको छ ।
सार्वजनिक स्थान र सार्वजानिक सवारी साधनमा हुने यौनजन्य दुर्ब्यवहारलाई न्युनीकरण गरी व्यबस्थित, सुरक्षित र मर्यादित वातावरण बनाउने तथा सार्वजनिक यातयातमा महिला तथा बालबालिकामैत्री वातावरण निर्माण गर्नु यस अभियानको मुख्य उद्देश्य रहेको छ ।
यो अभियान फागुन मसान्त सम्म संचालन गरिने लुम्बिनी प्रदेश प्रहरीले जनाएको छ ।
यो अभियान अन्तर्गत पहिलो र दोस्रो चरणका कार्यहरु सम्पन्न गरी दोस्रो र तेस्रो चरणका कार्यक्रमहरु संचालन गरिएको छ । लुम्बिनी प्रदेश ट्रा। प्र। का। बुटवल, जिल्ला प्रहरी कार्यालय १२, इ। प्र। का। ९५, जि। ट्रा। प्र। का। १२ गरि जम्मा १२० प्रहरी युनिट बाट कार्यक्रम अवधिभर कम्तिमा जम्मा ७२० वटा कार्यक्रम संचालन गरिने योजना रहेको छ प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारले जनाउनुभएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button