बाँकेमा कोरोना विरुद्धको खोप शुभारम्भ
ढुक्क भएर खोप लगाउन चिकित्सकको आग्रह

माघ १४। नेपालगन्ज।
बाँकेमा पहिलो चरणको कोरोनाविरुद्धको खोप अभियान बुधबारबाट शुुभारम्भ गरिएको छ । भेरी अस्पताल नेपालगन्ज परिसरमा रहेको खोप केन्द्रबाट अस्पतालका मेसु प्रकाशबहादुर थापालाई पहिलो खोप लगाएर कोरोनाको खोप लगाउने अभियानको शुभारम्भ भएको हो । खोप कार्यक्रमको जिल्ला समन्वय समितिका बाँकेका प्रमुख अजयकुमार श्रीवास्तवले स्वास्थ्यकर्मीलाई खोप हस्तान्त्रण गरेर शुभारम्भ गरेकमा थिए । स्वास्थ्य कार्यालय बाँकेका अनुसार आज भेरी अस्पतालमा रहेका चार सय ५० जना स्वास्थ्यकर्मीहरुलाई खोप लगाउने लक्ष्य रहेको प्रमुख धिरजंग शाहले बताए ।
यसैबिच खोप लगाईसकेपछि प्रतिकृया दिदै भेरी अस्पतालका प्रमुख डा. प्रकाशबहादुर थापाले यो खोप सुरक्षित भएकोले यसलाईलाई अन्य खोप सरह ठानेर ढुक्क भएर लगाउन उनले आग्रह गरे ।
जिल्लामा पहिलो चरणमा कोरोनाको फ्रन्टलाईनमा खटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई तोकीएको तालिका अनुसार खोप लगाउन सुरु गरिएको छ । स्वास्थ्य कार्यालय बाँकेले खोप लगाउन आउँदा आफु कार्यरत निकायको परिचयपत्र सहित तोकीएको मितिमा आईदिन सम्वन्धीत सबैमा अनुरोध गरेको छ । खोप शुभारम्भ अभियान जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका संयोजक प्रजिअ रामबहादुर कुरुम्बाँगको सभापतीत्वमा भएको थियो ।
मेरो खुशी डट कमबाट साभार गरिएको