सरस्वती पूजाको दिनमै समग्र नेपाल
www.samagranepal.com

वसन्त पञ्चमी अर्थात सरस्वती पूजाको दिनको शुभ साइत पारेर अनलाइन न्युज पोर्टल समग्र नेपाल डट कम सार्वजनिक गरिएको छ ।
‘सूचना र ज्ञानको भकारी’ भन्ने आदर्श वाक्यका साथमा शुरु गरिएको यो न्युज पोर्टलले विशेष गरी समाजका सबै विधाहरुलाई समेटेर समाचार, मनोरञ्जन, ज्ञानविज्ञान, शिक्षा, स्वास्थ्य, खेलकुद, सूचना प्रविधी, अर्थ आदि सम्पूर्ण विषयहरुका समाचार तथा विविध सामग्रीहरु पस्किने प्रधान सम्पादक प्रभात सुवेदीले जानकारी दिनुभएको छ ।
एपिएस कम्युनिकेसनद्वारा सञ्चालित यस न्युज पोर्टलको डिजाइनिङ डिजिटल ट्रेन्डस्ले गरेको हो ।
गुलरिया नगरपालिकालाई कार्यक्षेत्र बनाई सञ्चालनमा ल्याइएको यो न्युज पोर्टलले सातै प्रदेश लगायत देश विदेशका सम्पूर्ण घटनाक्रमहरु सहितका सूचना तथा ज्ञानमूलक समाचारहरुको खोजि गरी आम पाठकहरुसमक्ष पुर्याउने छ ।
सरस्वती पूजाको दिनमा नै अन एयर गरिएको यो अनलाइन न्युज पोर्टलले अब हरेक वर्ष सरस्वती पूजाको शुभ साइतमा आफ्नो वार्षिकोत्सव मनाउने छ ।