प्रजातन्त्र दिवस राष्ट्रिय पर्वका रुपमा मनाऔँ
७१ औं प्रजातन्त्र दिवस

गुलरियामा विविध साहित्यिक कार्यक्रम गरी ७१औं प्रजातन्त्र दिवस मनाइएको छ ।
बर्दियाली साहित्य समाज र बबई बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा आयोजित कार्यक्रमका प्रमुख अतिथि पूर्व सिंचाईं मन्त्री तथा पूर्व माननीय संजय कुमार गौतमले प्रजातन्त्र दिवसलाई राष्ट्रिय पर्वका रुपमा मनाउनु पर्ने कुरा बताउनुभयो । बर्दियाली साहित्य समाजका कार्यवहाक अध्यक्ष हरिहर शर्मा आचार्यको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश सांसद कुल प्रसाद पोखरेल, भुवनेश्वर थारु, कविराम थारुको उपस्थिती रहेको थियो ।
यसैगरी बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, बबई बहुमुखी क्याम्पसका प्रमुख यदुनाथ पौडेल, जिल्ला समन्वय अधिकारी तीर्थ खड्का, बर्दियाली साहित्य समाजका संस्थापक अध्यक्ष राजेन्द्र प्रसाद धिताल, जिल्ला प्रहरी प्रमुख केदार रजौरे, गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्द अर्यालको उपस्थिती रहको थियो ।
यस साहित्यिक कार्यक्रममा बबई बहुमुखी क्याम्पसका विद्यार्थीहरु रुपमा शर्मा, पुष्पा वली, माया वि.क., लक्ष्मण भण्डारी, विवेक जायसवाल, सागर सरकार, कविता आचार्य, प्रभा पौडेल लगायतले आ–आफ्ना रचनाहरु वाचन गर्नुभएको थियो भने बबई क्याम्पसका प्रााध्यापकहरु भेषराज पौडेल, गिरीराज देवकोटा, वामदेव ज्ञवालीले समेत आफ्ना रचनाहरु वाचन गर्नुभएको थियो ।