ढिक्ने नून किन्न पैदलै सुर्खेतदेखि रुपैडिहा किन?
रोचक यात्रा

ठेट लोक गीतका सर्जक लाेकगायक तथा सकलक अनि कुशल सञ्चारकर्मी शेर बहादुर आचार्य गाइने आफ्ना सहकर्मी साथीसँग सुर्खेतदेखि पैदलै रुपैडिहा पुगेर फर्किनुभएको छ ।
पुर्खाहरुको दु:ख र उनीहरुको योगदान अनि समकालीन समयकाे स्मरण सहित अनुभूतिका लागि यसरी पैदलै यात्रा गरेर रुपैडिहा पुगेर एक किलो ढिक्के नून किनेर सुर्खेत फर्केका हुन् । वहाँले यसअघि पनि निरन्तर हिडिरहने र लामो अभ्यासपछि यो सफलता प्राप्त गर्नुभएको हो ।
प्रकृतिप्रती अत्याधिक माया र मोह भएकोले सुर्खेतको बिरेन्द्रनगर देखि नेपालगन्ज हुँदै भारत को रुपैडिहा सम्म को पैदलयात्रा समापन गरेको वहाँले बताउनुभएको हो । हाम्रा पुर्खाहरुले यहाँदेखि पैदल हिडेर नेपालगन्ज, रुपैडिहा पुगेर नुन बोकेर ल्याउने गर्थे रे ! मेरो बुवाले भन्नुहुन्थ्यो “बिहान ४ बजे हिंडेर खाना खान १० बजे हात्तिसार पुग्थें भनेर, अचम्म लाग्थ्यो, बाउबाजेले भोगेको त्यो समयलाई अनुभव र महसुस गर्न पहिलो दिन १० घन्टा लागाएर वीरेन्द्रनगरदेखि हर्रे सम्म ४२ किलोमीटर हिडेर बबई पुग्ने लक्ष्यका साथ हिडेको तर त्यहाँ नेपाली सेना अनि निकुञ्जकर्मीले बाघको डर भएकाले भोलिपल्ट बिहानै मात्र जान आग्रह गरेपछि हामी त्यहिं हर्रेकै होमस्टेमा बास बस्यौं, वहाँले भन्नुभयो ।
भोलि पल्ट साढे सात बजे हर्रेबाट फेरि पैदल यात्रा शुरु गरी सांझ ८ बजे १२ घण्टा लगाएर कोहलपुर पुग्दा ४६ किलोमिटरको यात्रा तय गरेर कोहलपुर बास बसेर भोलिपल्ट बिहानै ५ बजे फेरि यात्रा शुरु गरी १२ बजे नेपालगन्ज हुँदै भारतको रुपैडिहा सम्म पुग्यौं ७ घन्टा हिडेर, पुर्खाहरुको सम्झनामा धेरै नभएपनी १ किलो ढिकानून बोकेर पैदल नै सुर्खेत फर्किने योजना थियो तर दुबै खुट्टाका पैतालामा ९ वटा फोरो उठेका र जसमध्ये ३ वटा फुटिसकेकाले हिड्नै नसकेर गाडीमा फर्किएको कुरा वहाँको फेसबुक स्टाटसमा तस्वीर सहितको पोस्ट रहेको छ ।
सुर्खेत देखि रुपैडिहा सम्मको पैदलयात्राको लक्ष्य थियो त्यो पूरा भएको र सबै भन्दा ठूलो चुनौती बाटोमा जंगलै जंगल भएकाले बाघको डर थियो जसले गर्दा प्रत्येक मिनेटमा मृत्युलाई सम्झिनु पर्थ्यो ।
यो पैदल यात्रा सफल पार्न साथ दिने सहायात्री साथी रेश्मिलाल पौडेल र हर्रेमा आवासकाे व्यवस्थापनका लागि वहाँले विनोद वली लाई विशेष धन्यवाद दिँदै वहाँले आफ्नो स्टाटस लेख्नुभएको छ । यो ऐतिहासिक यात्राका लागि र पूर्वजको स्मरणका लागि वहाँको साहसिक कदमप्रति समग्रनेपाल डटकम परिवार हार्दिक बधाई ज्ञापन गर्दछ ।