नरभक्षी बाघ नियन्त्रणमा

बर्दियाका विभिन्न ठाउँमा मानिस तथा घर पालुवा जनावरहरुलाई आक्रमण गरी मारेको तथा घाइते बनाएको नरभक्षी बाघलाई बिहीबार नियन्त्रणमा लिइएको छ ।
मधुवन नगरपालिका ३ गौरी सामुदायिक वन उपभोक्ता समूहको जङ्गलमा उक्त बाघलाई बिहिबार साडे चार बजे नियन्त्रणमा लिइएको हो ।
वन कार्यालय सानोश्री बर्दियाका सहायक वन अधिकृत सन्तोष चौधरी, राष्ट्रिय प्रकृति संरक्षण कोषको प्राविधिक समूह, पशु चिकित्सक, इलाका वन कार्यालय ढोढरी बर्दियाबाट प्रहरी निरीक्षक राजन कुमार गौतमके कमाण्डमा पाँच जना प्रहरी टोली, शसस्त्र सीमा सुरक्षा बोर्डर आउट पोस्ट भगरैया बर्दियाबाट सशस्त्र प्रहरी निरीक्षक अस्मित चौहान मगर सहित पन्ध्र जनाको टोली, बर्दिया राष्ट्रिय निकुञ्जबाट तीन वटा माउते हात्ती सहितको टोलीले बाघ नियन्त्रणमा लिएको हो ।
करिब दुई कुइन्टल तौल भएको भाले बाघ अन्दाजी १० वर्षको रहेको र बाईलाई हाल राष्ट्रिय निकुञ्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी निरीक्षक सुशिल थापा मगरले समग्र नेपाललाई जानकारी दिनुभएको छ ।