लोकार्पणमै २ लाख !

लामो समयसम्म बर्दियामा रहेर अध्यापन पेसामा संलग्न रहनुभई हाल निवृत्त जीवन व्यतित गरिरहनुभएका बर्दियाली स्रष्टा खगेश्वर गौतमले आफ्नो दोस्रो कृति “मनोरम रारा” को लोकार्पण कार्यक्रममा शनिबार दुई लाख रुपैंया हस्तान्तरण गर्नुभएको छ । यस अगाडि “झमक खण्डकाव्य” प्रकाशित गरिसक्नुभएका खगेश्वर गौतमलले नेपालको प्राकृतिक  सुन्दरतालाई मध्यनजर गर्दै विविध प्रकृतिका कविताहरुको संगालो “मनोरम रारा” को लोकार्पण श्री शारदा माध्यमिक विद्यालय मैनापोखर बढैयातालमा सम्पन्न गरिएको हो । भेरी साहित्य समाज बर्दियाद्वारा प्रकाशित यस कृतिमा छन्द कविता, गध्य कविता, बाल कविता तथा जीवन जगत सम्बन्धी भक्तिभजनहरु समावेश गरिएको छ ।  यसै अवसरमा वहाँले लामो समयसम्म प्राचार्यको रुपमा रही सेवा गर्नुभएको विद्यालय शारदा माध्यमिक विद्यालय मैनापोखरमा अध्ययनरत कक्षा १२ मा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने एक छात्र र एक छात्रालाई प्रदान गर्ने गरी आफ्नो नाममा २ लाख रुपैंया बराबरको अक्षयकोषको स्थापना गर्नुभएको हो । खगेश्वर गौतम विद्यार्थी प्रतिभा पुरस्कारको स्थापना गरी आजैका दिनदेखि पुरस्कार प्रदानको कार्य पनि शुभारम्भ गरिएको हो । जस अनुसार सोही विद्यालयबाट कक्षा १२ मा सर्वोत्कृष्ट स्थान हासिल गर्नुभएका यशोदा चौधरी र राजेश थारुलाई नगद पाँच हजार र प्रमाणपत्रद्वारा सम्मान गरिएको छ । आगामी वर्षहरुमा अक्षयकोषको दायरामा वृद्धि गर्ने र पुरस्कृत हुने विद्यार्थीहरुको संख्यामा पनि थप गर्दै लगिने खगेश्वर गौमत विद्यार्थी प्रतिभा पुरस्कारका संरक्षक खगेश्वर गौतमले बताउनुभयो । स्रष्टा गौतमद्वारा रचित विविध कविताहरू समावेश गरिएको काव्यकृति “मनोरम रारा” को लोकार्पण भेरी साहित्य समाजका केन्द्रीय अध्यक्ष एवम् प्राज्ञ सभा सदस्य हरिप्रसाद तिमिल्सिनाले गर्नुभएको हो । कार्यक्रममा विशिष्ट अथितीका रुपमा बोल्नुहुँदै लुम्बिनी प्रदेश सभासद् भुवनेश्वर चौधरीले वहाँको सत्कार्यको उच्च प्रसंसा गर्नुहुँदै वहाँले विद्यालयका लागि गर्नुभएको अथक मिहिनेत र योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । यसैगरी कार्यक्रममा उपस्थित भेरी साहित्य समाज बर्दियाका अध्यक्ष विष्णु प्रसाद मरासिनी, साहित्यिक व्यक्तित्व हरिहर आचार्य, पुण्यप्रसाद गौतम, शारदा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक यमनाथ पौडेल लगायतले शुभकामना व्यक्त गर्नुहुँदै वहाँको यो प्रयास अत्यन्तै उर्जामय रहेको र आफ्नै गाउँघरलाई सम्झेर यो कृति आफैले सेवा गरेको स्थानमा नै लोकार्पण गराउनुभएकोमा यसबाट अबका पुस्ताले पनि पाठ सिक्नुपर्ने बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाधर त्रिपाठीको अध्यक्षतामा सम्पन्न गरिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक तथा खगेश्वर गौतम प्रतिभा पुरस्कारका सदस्य सचिव दिनवन्धु यादव, पूर्व प्रधानाध्यापक काली प्रसाद थारु, पूर्व शिक्षक तथा पूर्व विद्यार्थीहरुको सहभागिता रहेको थियो भने विद्यालयका शिक्षक वेनीमाधव पौडेलले सहजीकरण गर्नुभएको हो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button