बर्दियामा पत्रकार महासंघको रस्साकस्सी !
कसले मार्ला बाजी

आसन्न नेपाल पत्रकार महासंघको निर्वाचनको पूर्वसन्ध्यामा दुई खेमाबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
प्रेस यूनियन र प्रेस संगठन नेपालका तर्फबाट यादव आचार्यले नेतृत्त्व गरेको टीम र साझा प्यानलको तर्फबाट भीम बहादुर ठकुरीले नेतृत्त्व गरेको टिम चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । बर्दियामा पत्रकार महासंघको आगामी नेतृत्त्वका लागि विभिन्न अड्कलबाजीहरु भैरहँदा नतिजा कसको पक्षमा जाने हो भन्ने कुराका लागि भने निर्वाचनको परिणाम नै प्रतिक्षा गर्नुपर्ने भएको छ ।
वर्तमान केन्द्र राजनैतिक परिवेशमा यसरी जिल्लागत रुपमा हुन लागेको २५ गतेको नेपाल पत्रकार महासंघको निर्वाचनबाट पत्रकारिता गर्ने र पत्रकारिता नै बुझेर यसको मर्म र भावना अनुरुप काम गर्ने सक्षम नेतृत्त्वको अपेक्षा सबैतिरबाट गरिएको छ ।
हेर्नुहोस् तस्वीरमा दुबै प्यानलका उम्मेदवारहरु :-