१६ थान सिलिण्डर हस्तान्तरण

अक्सिजन ग्यास अभावमा प्रहरीको साथ

जिल्ला प्रहरी बर्दियाले १६ थान अक्सिजन सिलिण्डर संकलन गरी विभिन्न स्वास्थ्य संस्थाहरुमा हस्तान्तरण गरेको छ । कोभिड १९ संक्रमणको बिषम परिस्थिती सिर्जना भई अक्सिजन नपाईरहेको अवस्थामा अक्सिजन ग्याँस कमी हुन नदिने अभिप्रायको साथ कार्यालयले जारी राखेको अक्सिजन सिलिन्डर संकलन अभियान अन्तर्गत बिभिन्न ब्यक्ति तथा संघ संस्थाहरुबाटसंकलन गरिएका ८ थान ठुला अक्सिजन सिलिण्डरहरु राजापुर नगरपालिकाको कार्यालय स्वास्थ्य शाखा र मधुबन अस्थाई कोभिड अस्पताल सानोश्रीलाई हस्तान्तरण गरिएको जनाइएको छ ।

साथै यस अघी पनि १६ थान अक्सिजन सिलिन्डर विभिन्न अस्पतालहरुमा बुझाई सकिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले बताउनुभएको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button