बर्दियाका ईश्वरीलाई किन भयो धोका ? (भिडियो नै सार्वजनिक)

साङ्गितीक खबर

बर्दियाली स्रष्टा ईश्वरी प्रसाद रिजाल उल्कापातलाई बज्रपात परेको छ ।

यस्तो बज्रपात भने उनको वास्तविक जीवनमा नभइ भर्खरै बजारमा आएको उनको पहिलो साङ्गितीक गीती कोषेली “चरी बनी” को म्युजिक भिडियोको प्रसङ्ग हो ।

केही समय अघि अडियो सार्वजनिक गरिएको यो गीत शिशिर योगीका गीतहरुमध्ये सर्वाधिक रुचाइएको गीतमध्येमा  परेको छ । यस गीतका सङ्गीतकार प्रभात सुवेदी रहेका छन् भने शब्द रचना भने ईश्वरी रिजाल “उल्कापात” को रहेको छ । यस गीतको सङ्गीत संयोजन भने सुदिप सागरले गरेका हुन् ।

खासगरी यस गीतमा नेपाली समाजमा रहेको तीतो यथार्थतालाई पस्किने जमर्को गरिएको छ । म्युजिक भिडियोलाई प्रतिकात्मक रुपमा प्रस्तुती गरिएको सर्जक ईश्वरी प्रसाद रिजालले बताउनुभएको छ । दृश्य सुवेदी र रेजिना भण्डारीद्वारा अभिनित यस म्युजिक भिडियको निर्देशन सन्तोष भारद्वाजले गरेका हुन् । एपिएस नेपाल युट्युव च्यानलबाट सार्वजनिक गरिएको यस गीतको भिडियोलाई सबैले रुचाउने  सर्जक तथा गीतकार ईश्वरी रिजालको अपेक्षा रहेको छ ।

हेर्नुहोस् गीतको म्युजिक भिडियो (हेरेर कमेन्ट तथा सेयर गरिदिनुहोला।)

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button