मपविले शिक्षक विद्यार्थीको मनोवल बढाउने

शिक्षा विशेष

मध्यपश्चिम विश्वविद्यालय (मपवि) अन्तर्गत रहेका १० वटा आंगिक क्याम्पसहरुका विभिन्न समस्याहरुको एकिकृत रुपमा समाधान गर्ने उद्देश्यका साथ २ दिने गहन अन्तरक्रिया कार्यक्रम माघ ३ र ४ गते विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहको प्रमुख आतिथ्यमा बिरेन्द्रनगर सुर्खेत स्थित मुसोमको सभाहालमा सम्पन्न भएको छ ।  मध्यपश्चिम विश्वविद्यालयको स्थापना पश्चात समायोजन भई आएका १० वटा आंगिक क्याम्पसहरुका विभिन्न समस्याहरु जस्तै रुपान्तरणको प्रकृयामा घटुवा हुन गएका प्राध्यापक तथा कर्मचारीहरुको उचित व्यस्थापन, विभिन्न पदिय भत्ता, उपदान तथा निवृतिभरण सम्बन्धि व्यवस्था, आवश्यक जनशक्तिको उचित प्रबन्ध, विद्यार्थीको शुल्क दुइ किस्तामा लिई पठन-पाठन प्रकृयामा उत्साह बढाउने लगायतका विभिन्न समस्याहरुलाई समाधान गर्न कार्यकारी परिषद् बाट निर्णय गर्ने सहमती गरिएको छ ।  पर्याप्त समय र छलफल बिनानै विश्वविद्यालयमा समायोजन भएका आंगिक क्याम्पसहरुका विभिन्न समस्याहरुको शुक्ष्म विश्लेषण एवं गहन छलफल गरी समाधानका लागि सहासिक निर्णय गर्न विश्वविद्यालयको इतिहासमा पहिलो पटक यसरी सम्पूर्ण आंगिक क्याम्पसका क्याम्पस प्रमुखहरु लाई आमन्त्रित गरी एकमुष्ठ समस्या समाधान गर्नका लागि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्द बहादुर सिंहको पहलकदमीमा याे ऐतिहासिक अन्तरक्रिया कार्यक्रम सम्पन्न सम्पन्न भएको हो । यस कदमले क्याम्पसलाई दैनिक कार्य संचालन गर्न अत्यावश्यक पर्ने मागहरु पूर्ति गर्दै शिक्षक, कर्मचारी र विद्यार्थीको मनोबल उच्च पार्दै समग्र विश्वविद्यालयको शैक्षिक उन्नयन र सहज शैक्षिक वातावरण सिर्जना हुने विश्वास गरिएको छ ।

कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार, विभिन्न संकायका डिन, परीक्षा व्यवस्थापन कार्यालय प्रमुख, विभिन्न निर्देशनालयका कार्यकारी निर्देशक, १० वटा आंगिक क्याम्पसका क्याम्पस प्रमुख, उप-प्राध्यापक, उपकुलपति सचिवालयका सदस्य, केन्द्रीय कार्यालयका कर्मचारी लगायतको उपस्थिति रहेको थियो भने वर्तमान कोभिड महामारी र यसबाट बच्नका लागि नेपाल सरकारले निर्धारण गरेका स्वास्थ्य सुरक्षाका मापदण्ड पुरा गर्दै २५ जना नबढ्ने गरी सामाजिक दुरी कायम तथा मास्कको प्रयोग गर्दै कार्यक्रम संचालन भएको थियो ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button