श्रीमती कुट्ने श्रीमानकै मृत्यु

बर्दियामा श्रीमतीलाई कुटपिट गरी घाइते बनाएका श्रीमान्को मृत्यु भएको छ ।
बिहिबार राती बढैयाताल गाउँपालिका वडा नं. ८ शितलाबजार बस्ने काजीमान तण्डुकारले मादक पदार्थ सेवन गरी श्रीमती वीरमाया तण्डुकारलाई कुटपिट गरी घाइते बनाइ फरार भएको अवस्थामा प्रहरी चौकी शितलाबजारबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा घरभन्दा १ सय ५० मिटरको दूरीमा अचेत अवस्थामा पल्टिरहेको अवस्थामा उपचारका लागि बर्दिया अस्पतल लैजाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी दिनुभएको छ ।
श्रीमानको कुटपिटबाट घाइते भएकी श्रीमतीलाई आर.के. मेडिकल शितलाबजारमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज नर्सिङहोमा पठाइएको र घटनाका बारेमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

तस्वीर : गुगल

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button