काठमाडौंमा हैजाका बिरामीको संख्या १७ पुग्यो, केयूकेएलको पानी प्रदूषित

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुम्मन लाल दासका अनुसार शुक्रबार कागेश्वरी मनोहरामा थप एक जनामा हैजा देखिएसँगै बिरामीको संख्या १७ पुगेको हो ।

हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा चार र पाटन अस्पतालमा एक गरी पाँच जना हैजाका बिरामीको उपचार भइरहेको छ ।

बिरामीमा हैजाको त पानी देखिएको डा. दासले अनलाइखबरलाई जानकारी दिए । स्वास्थ्य कार्यालय काठमाडौंले बुधबार बागबजार, डिल्लीबजार, बालाजु, त्रिपुरेश्वर, बल्खु, सानेपा, कालिमाटि लगायत स्थानमा पुगेर पानीको नमुना परीक्षण गरेको थियो। उपत्यकामा वितरण गरिने खानेपानी पिउनयोग्य नरहेको भेटिएको डा. दासले बताए ।

उनका अनुसारमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले वितरण गरेको केही ठाउँको पानीमा पनि इकोलाई भेटिएको छ ।

‘केस अनुसारको नुमना परीक्षणको रिर्पोट एकै किसिमको छैन । इनार, धारा तथा ट्यांकरको सबै पानी प्रदूषित छ । केयूकेएलको कुनै ठाउँको पानीमा इकोलाई देखियो,’ दासले भने,’ यसबाट पनि प्रदूषित छ भन्ने प्रष्ट हुन्छ । तर, पानीमा कहाँबाट हैजा सरेको हो भन्ने एकीन भएको छैन ।’

केही नमुना परीक्षणमा हानिकारक जीवाणु भेटिएपछि इडीसीडीले शुक्रबारदेखि अनुगमनलाई तीव्रता दिने जनाएको छ ।

महाशाखाले सबैतिरको पानीमा दिसाको जीवाणु भेटिएकाले उमालेर वा झोल क्लोरिन हालेर पिउन अनुरोध गरेको छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button