अन्यौलता र कानुनी जटिलता को बिच कामगर्न कठिनाई भइरहेको:प्रमुख चौधरी
राजापुर नगरपालिकाका प्रमुख शिब प्रसाद चौधरीले सबिधानले २२ वटा कामको अधिकार नगरपालिकालाई दिएको भएपनि हाल सम्म नेपाल सरकारले केही कामहरुमात्र को केही अधिकारदिएको हुदा आगामी दिनमा के हुने हो त्यसको अन्यौलता र कानुनी जटिलताको कारण कामगर्न कठिनाई भइरहेको बताउनु भएको छ । गत मंगलबार बर्दिया उद्योग वाणिज्य संघले आयोजना गरेको राजापुर बजारको जग्गाधनी प्रमाण पत्र (लालपुर्जा) सर्वदलीय, सर्वपक्ष बैठकमा बोल्दै सो कुरा बताउनु भएको हो ।
सबिधानले २२ वटाकामको जिम्मेवारी दिएको मध्ये जग्गाको लालपुर्जा वितरण गर्ने जिम्मा नगरपालिकालाई दिएको भएपनि नेपाल सरकारले रोकेका कारण र नापी मालपोतका कामहरुको अधिकार नदिएकोले काम गर्न कठिनाई भइरहेको प्रमुख चौधरीले बताउनु भयो ।
सबिधानले २२ वटा कामको अधिकार नगरपालिकालाई दिएको भएपनि हाल सम्म नेपाल सरकारले केही कामहरुमात्र को केही अधिकारदिएको हुदा आगामी दिनमा के हुने हो त्यसको अन्यौलता र कानुनी जटिलताको कारण कामगर्न कठिनाई