दिनदिनै देखिन थाले बाघ
निर्मल घिमिरे
बर्दिया( दुई साताअघि बिहान बर्दिया राष्ट्रिय निकुञ्ज प्रमुख रमेश थापाले दुर्लभ वन्यजन्तु बाघको तस्बिर फेसबुक वालमा पोष्ट गरे । उनको वालमा ‘हेरिरहुँ लाग्छ मलाई, एकनाश तिमीलाई’ भन्ने बोलको गीतसँगै वालमा राखेको दुर्लभ वन्यजन्तुको तस्बिर लाइक र कमेन्ट गर्नेेले सकारात्मक प्रतिक्रिया दिए । निकुञ्ज गेमस्काउट वीरेन्द्रका अधिकारीले निकुञ्जभित्र खिचेको बाघको तस्बिर खुसी साट्ने क्रममा थापाले बाघको तस्बिर फेसबुक वालमा पोष्ट गरेका थिए । बाघ देखेर उत्साहित भएका अधिकारीले आफ्नो अनुभव साथीभाइ र निकुञ्ज प्रशासनसँग साट्ने क्रममा खिचिएको दुर्लभ बाघको तस्बिर धेरैले सेयर गरेका छन् ।
‘बाघको मुभमेन्ट बढेकाले पर्यटकलाई बाघ देखाउन सजिलो भएको छ,’ एक पथ प्रर्दशकले भने, ‘यँहा आएका पर्यटक सजिलै बाघ देखेर नै फर्कन्छन् ।’
यस्तै, केही महिनायता निकुञ्जभित्र जंगलको विभिन्न ठाउँमा बाघ देखेर फर्केका पर्यटकले लिपीवद्ध गर्ने पुस्तिकामा बाघ देख्ने पर्यटकको लामो सूची छ ।
निकुञ्ज प्रशासनले बाघ बढेको अनुमान गरेसँगै निकुन्ज घुम्न आउने पर्यटकले बाघ देख्न थालेका हुन् । जंगल घुम्न जाने पर्यटकले बाघ देखेको सुनाउने गरेको कर्मचारी बताउँछन् । ‘बाघको मुभमेन्ट बढेकाले पर्यटकलाई बाघ देखाउन सजिलो भएको छ,’ एक पथ प्रर्दशकले भने, ‘यँहा आएका पर्यटक सजिलै बाघ देखेर नै फर्कन्छन् ।’ पछिल्लो समय बर्दिया निकुञ्ज बाघ जोनका रूपमा परिभाषित गर्न मिल्ने निकुन्जका रूपमा विकास भइरहेको उनले दाबी गरे । कर्णाली नदी तटिय क्षेत्र, बबई भ्यालीमा परेवा ओडारसम्म बसाहा, बासपानीमा पर्यटकले बाघ देख्ने गरेका छन् । गर्मी चढेसँगै निकुञ्जभित्रको गणेश, खोदाउ ताल, गैंडा ताल, खौराहा ताल, शिवपुरको शिवपुर तालमा पानी खान आउने बाघलाई पथ प्रदर्शकले पर्यटकलाई सजिलै देखाउने गरेका छन् । कर्णाली नदी तटिय क्षेत्र पनि स्थायीरूपमा बाघ बसेको निकुञ्जको भनाइ छ ।
गेरुवा तटीय क्षेत्रमा पानी, आहारा र बासस्थानको समिश्रण छ, त्यसैले यहाँ बाघ सधैं हुन्छ,’ निकुञ्जका प्रमुख थापाले भने, ‘बाघले उक्त तटीय क्षेत्रमा आफ्नो टेरिटोरी (घुमफिर गर्ने क्षेत्र) बनाएर मिलेर बसेको छ ।’ उनका अनुसार बर्दिया निकुञ्जको नौ सय ६८ वर्ग किलोमिटर क्षेत्रमध्ये बबई उपत्यका, तीनकुने, लालमाटे, धनेशताल, बाल्कुने, भेल्लर ट्रि, किङफिसरलगायत क्षेत्रमा बाघ देखिन्छ ।
बर्दिया राष्ट्रिय निकुञ्जसँगै जोडिएको बाँके राष्ट्रिय निकुञ्जलाई सरकारले बिस्तार गरेपछि बाघ बढेको पर्यटन व्यवसायी बताउँछन् । निकुञ्जस्थित गेरुवा नदी तटीय क्षेत्रमा बाघका लागि व्यवस्थित बासस्थान छ । ‘गेरुवा तटीय क्षेत्रमा पानी, आहारा र बासस्थानको समिश्रण छ, त्यसैले यहाँ बाघ सधैं हुन्छ,’ निकुञ्जका प्रमुख थापाले भने, ‘बाघले उक्त तटीय क्षेत्रमा आफ्नो टेरिटोरी (घुमफिर गर्ने क्षेत्र) बनाएर मिलेर बसेको छ ।’ उनका अनुसार बर्दिया निकुञ्जको नौ सय ६८ वर्ग किलोमिटर क्षेत्रमध्ये बबई उपत्यका, तीनकुने, लालमाटे, धनेशताल, बाल्कुने, भेल्लर ट्रि, किङफिसरलगायत क्षेत्रमा बाघ देखिन्छ । यीमध्ये अधिकांश समय तीनकुने र बाल्कुनेमा बाघ देखिने गरेको उनी बताउँछन् ।
कहिलेकाहीं पूर्वपश्चिम राजमार्गमा पर्ने सडकमा बाघ निस्केर बाटोमा बस्दा केहीबेर ट्र«ाफिक जाम हुने गरेको उनले सुनाए । बाघ बढ्नुमा स्थानीय स्तरमा गठन गरिएको चोरी सिकारी नियन्त्रण युवा दस्ता, नेपाली सेना र निकुन्ज प्रशासनको सक्रियता प्रमुख कारण भएको उनले औंल्याए ।
‘निकुन्ज घुम्न आउने पर्यटकको उदेश्य बाघ हेर्ने हुन्छ,’ उनले भने, ‘पाहुनाले बाघ देखेको कुरा पर्यटन व्यवसायी साट्दा धेरै खुसी लाग्छ ।’ विगतदेखि संवेदनशील क्षेत्रमा नेपाली सेनाको पोष्ट थपेर सुरक्षा रणनीति निकुञ्ज प्रशासनले अपनाएको संरक्षण अधिकृत थापाको भनाइ छ ।
केही महिना यता उक्त क्षेत्रका भाले बाघ समूहमा बस्न थालेको निकुञ्जका कर्मचारीले पुष्टी गरेका छन् । निकुञ्जका अनुसार भाले एउटा बाघ सुनसान भएका बेला सडक आएर बस्ने र गाडीको ट्राफिकको समयमा जंगलमा गएर बाघ बस्ने गरेको छ । निकुञ्ज घुम्न आएका पर्यटक जताततै बाघ भेटिन थालेको सुखद समाचार सुनाउने गरेको पनि उनी बताउँछन् ।
हलिउड स्टार लियोनार्दो डिक्याप्रियोसँग आएका फोटो ग्राफरले निकुञ्जभित्र खिचिएको फोटोले निकुञ्जमा समूहमा बाघ देखिने गरेको पुष्टि गरेको छ । त्यसयता समूहमा बाघ देखेको धेरैले सुनाएको निकुञ्जका कर्मचारी बताउँछन् । वयस्क बाघले बासस्थान र बघिनीले बाघबाट डमरु बचाउन हिँडडुल गर्नुपर्ने बाध्यता भएकाले जताततै बाघ देखिनसक्छ,’ थापाले भने ।
बाघ बढ्नुमा स्थानीय स्तरमा गठन गरिएको चोरी सिकारी नियन्त्रण युवा दस्ता, नेपाली सेना र निकुन्ज प्रशासनको सक्रियता प्रमुख कारण भएको उनले औंल्याए ।
‘निकुन्ज घुम्न आउने पर्यटकको उदेश्य बाघ हेर्ने हुन्छ,’ उनले भने, ‘पाहुनाले बाघ देखेको कुरा पर्यटन व्यवसायी साट्दा धेरै खुसी लाग्छ ।