राष्ट्रिय प्रतिनिधी अनिल मानन्धर बिदाई
मानव र बन्यजन्तुको अस्तित्व कायमगरी बर्दिया राष्ट्रिय निकुञ्जमा WWF कार्यक्रम २ दशकदेखी हेर्दै आउनु भएका राष्टिय प्रतिनिधी अनिल मानन्धरलाई सुक्रवार एक कार्यक्रमका बिच बर्दिया राष्ट्रिय निकुञ्जले अभिनन्दन तथा बिदाई गरेको छ । मद्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष हेमन्त प्रसाद आचार्यको अध्यक्षतामा आयोजित अभिनन्दन तथा बिदाइ कार्यक्रम गरिएको हो । कार्यक्रममा अध्यक्ष आचार्यले मानन्धरलाई दोसल्ला ओढाई अभिनन्दन पत्र पढेर बिदाई गरेका हुन् । कार्यक्रममा बोल्दै WWF का राष्ट्रिय प्रतिनिधी अनिल मानन्धरले कुनै प्रगतिको लागी दिउसै सपना देख्नुपर्ने बताए ।
“दिउसै सपना नदेखेको भए बर्दिया राष्ट्रिय निकुञ्ज यो अवस्थामा पुग्ने थिएन ”।