बर्दियामा फ्रि वाईफाई |
भुरिगाउँ, बर्दिया ।
बर्दिया ठाकुरबाबा नगरपालिका १ भुरीगाँउमा रहेको रेडियो टाइगर एफ. एम. ८८.२ मेगाहर्जले आज एक समारोहका बिच आफ्नो पहिलो वार्षिकोत्सव सुचना तथा संचार राज्यमन्त्री तप्तबहादुर विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न गरेको छ ।
वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै प्रमुख अतिथी सुचना तथा सञ्चार राज्यमन्त्री तप्त बहादुर विष्टले बर्दिया संग आफ्नो पुरानो सम्बन्ध रहेको र बर्दियाको संचार लगायत समग्र विकासमा आफुले सक्दो पहल गर्ने बताउनु भयो । मन्त्री विष्टले सार्वजनिक स्थानहरुमा सरकारको फ्र वाइफाइ राख्ने कार्यक्रम रहेको बताउँदै बर्दियाको पर्यटकिय स्थल तथा सार्वजनिक स्थलहरुमा फ्री वाईफाईको पहल गर्ने मन्त्री विष्टले प्रतिबद्धता ब्यक्त गर्नु भयो ।
कार्यक्रममा शुभकामना दिँदै ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले अबको दिनमा रेडियो टाइगरले विकासका लागी सञ्चार भन्ने मुलमन्त्र लिएर ठाकुरबाबा नगरपालिका र समग्र बर्दिया जिल्लाको विकासमा पहलकारी योगदान पुर्याउन स्थानिय जनचासो, पर्यटन प्रवद्र्धन लगायतका विषयमा अग्रणी भुमिका खेल्नु पर्ने बताउनु भयो । सहयोगका लागी नगरपालिका सदैव खुल्ला रहेको प्रमुख श्रेष्ठले बताउनु भयो ।
रेडियोको उत्तरोत्तर प्रगतीको कामना गर्दै क्रियाशिल पत्रकार तथा संचार माध्यमका विध्यमान सवालमा बोल्दै महासंघका उपाध्यक्ष बिपुल पोखरेल, केन्द्रिय सदस्य कलेन्द्र सेजुवाल, पत्रकार महासंघ बर्दिया शाखाका अध्यक्ष राजेन्द्र धिताल, बर्दिया अनलाईनका प्रधान सम्पादक श्रेष्ठ समनश्री लगायतले अबको विकास निर्माणमा स्थानिय निकायले संचार माध्यमसंग सहकार्य गर्नु अपरिहार्य रहेकोमा जोड दिनु भयो ।
मन्त्री विष्टले सार्वजनिक स्थानहरुमा सरकारको फ्र वाइफाइ राख्ने कार्यक्रम रहेको बताउँदै बर्दियाको पर्यटकिय स्थल तथा सार्वजनिक स्थलहरुमा फ्री वाईफाईको पहल गर्ने मन्त्री विष्टले प्रतिबद्धता ब्यक्त गर्नु भयो ।