गजल: जेबी अनुरागी

यी गल्ली चोक बन्दैनन झुठा भासण ठोक्ने बाट
विकास पो के होला बच्चा माथि भाला रोप्नने बाट
यो बस्ती लाचार त्यसरी नै भएको हो महासयबुझ
जसरी एकभोतेनि हैरान थिईन सात लोग्नेबाट ..
समानताको गणतन्त्रमा आजादी कैद भऐपछी .
गरिवी मुक्त कसरी होला सुन्दरता काँटामा जोख्नेबाट .
हजारौ सहिद हुंदा पनि देस परिवर्तन भएँन भने .
साहु आभारी कहिले हुने हो उधारो बांटने बाट .
कानुनको समेम्ता युवा थुनेर घांस छिल्ने यातना .
देसको रक्षा कसरी हुन्छ एस्तो आदेस तोक्ने बाट
जेबी अनुरागी,राजापुर
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button