गजल: दिपक आचार्य “जलन“

मान्छे घर भित्रै पानीको आहाल मा छ्न
घर नभएकाहरु खुल्ला त्रिपालमा छ्न
महल हल्लिएन्न तर झुपडी बगिरहे
लाग्छ गरिब मात्रै दैबी सवाल मा छ्न
केही छैन आफ्नो भयो सारा सोत्तर
छैन खाने अन्न अनिकाल मा छ्न
घरबारी गयो कतिको जिन्दगी गैसक्यो
सम्बन्धित निकाय कछुवाको चालमा छ्न
नेताहरु चुलिए सहरमा तला थपिए
गाउँमा गरिबहरु दुःखकै खालमा छ्न
दिपक आचार्य “जलन“
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button