चलचित्र भलो मान्छेको शुभ मूहर्त सम्पन्न

गोपाल जंग थापा

टीकापुर, कैलाली

नेपाली कथानक चलचित्र भलो मान्छेको शुभ मूहर्त आज कैलालीको टीकापुरमा गरिएको छ । चलचित्रका कथा लेखन तथा वरिष्ठ निर्र्देशक नर बहादुर बटालाको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथी साहित्यकार दामोदर शर्र्मा पण्डित रहेका थिए । भलो मान्छे नामक उक्त छोटो दूरीको नेपाली चलचित्रको उद्घाट्न समारोहमा बोल्दै प्रमुख अतिथी पण्डितले निर्माण हुन लागेको यस चलचित्रले कला क्षेत्रमा नया इट्टा थपेको बताए । उनले मनोरञ्जन मानव जीवनका लागि अपरिहार्र्य रहेको उल्लेख गर्दै भलो मान्छे नामक चलचित्रले मनोरञ्जनका साथैैैैैै समाजमा रहेका विकृति विसंगतिको अन्त्यका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । आजबाट शुटिंग पनि शुरु गरिएको सो चलचित्रको मुख्य नायकको रुपमा जे.एस. धिताल रहेका छन भने खलनायकमा अर्जून भट्टराई रहेका छन । यस्तै उक्त चलचित्रको भिडीयो छायांकन तथा निर्देशकमा एच. वि. बटाला रहेका छन । चलचित्र निर्र्माता सबिता धिताल (तिमिल्सिनाले) स्वागत गरेको कार्यक्रममा टीकापुर अस्पताल विकास समितिका अध्यक्ष रतन बहादुर खड्का, पत्रकार दुर्गा भण्डारी लगायतले मन्तव्य राखेका थिए भने उक्त कार्र्यक्रमको सञ्चालन सञ्चारकर्र्मी एवं लोकदोहोरी गायक गोपाल जंग थापाले गरेका थिए । शुभ मूहर्त कार्यक्रमको समापन गर्दै चलचित्रको कथा लेखन तथा वरिष्ठ निर्र्देशक नर बहादुर बटालाले समाजमा रहेका विकृति र विसंगतिको यथार्थतालार्ई चलचित्रको माध्यमद्धारा चित्रण गरिने बताए । उनले कला तथा चलचित्र क्षेत्रमा झुकाव राख्ने नव प्रतिभावान कलाकारहरुलाई निर्माणाधिन नेपाली कथानक चलचित्र (भलो मान्छे) मा विभिन्न भूमिकामा स्थान दिइने जानकारी दिए ।
Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button