गजल

कसैले सुनको टुक्रा कसैले सुदूर यो सुन्दर वनाए
जस्ले जे वनाए आफ्नै छोरा वुहारी र घर वनाए
हैन यो कस्तो परिवर्तन यो कस्तो वहादुरी हजुर
कसैले नाम कसैले दाम दण्ड र फरक थर वनाए
म र मेरो भन्दा थोरै माथि उठेको भय सायद हगी
वन्थ्यो होला हिरा र मोति यो देश सकभर वनाए
एउटै आमाका सन्तान हामी एउटै नशाका रगत
हुन्थ्यो स्वर्ग सुप राज्यले हेर्ने एउटै नजर वनाए
भाषण मा हैन देश अब व्यवहार मा विकाश गरौ
कुरैले वनाउने भय यो देश मरुभूमि र वगर वनाए
मीन बहादुर थापा ’मिलन’
कैलाली