दाङमा राजनीतिक तनाव : रास्वपा कार्यकर्ताद्वारा एमाले झण्डा जलाइयाे

काठमाडौं, २० फेब्रुअरी । दाङको तुलसीपुरमा रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूले एमालेको पार्टी झण्डा जलाएको घटनाले राजनीतिक तनाव उत्पन्न भएको छ। रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन साहको स्वागतका लागि भेला भएका समर्थकहरूले सूर्य अंकित एमालेको झण्डामा आगो सल्काएको आरोप लागेको छ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा उनीहरूले एमाले र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध चर्का नाराबाजी समेत गरेको देखिन्छ। लामिछाने सुर्खेतबाट तुलसीपुर हुँदै घोराही जाने क्रममा उक्त घटना भएको हो ।

एमाले महासचिव शंकर पोखरेलको गृहनगर तुलसीपुरमा भएको यस घटनाप्रति एमाले केन्द्रीय सदस्य शान्ता चौधरीले विरोध जनाएकी छन्। उनले यसलाई अमर्यादित र अलोकतान्त्रिक गतिविधि भन्दै आपत्ति जनाएकी छन्।

यता, रास्वपा दाङले भने उक्त कार्यमा पार्टीको कुनै संलग्नता नरहेको स्पष्टीकरण दिएको छ। पार्टीले यस घटनालाई अस्वाभाविक भन्दै छानबिन गर्ने जनाएको छ।

मार्च ५ मा हुने आमनिर्वाचनको मुखमा यस घटनाले चुनावी माहौलमा प्रतिकूल असर पुर्याउन सक्ने आकलन गरिएको छ। दुवै पार्टीबीचको यो तनावले मतदातामा समेत प्रभाव पार्न सक्ने विश्लेषकहरू बताउँछन् ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button