भक्तपुरले गुमायो विकासको मुहार : प्रेम सुवाल पराजित

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल यसपटक भक्तपुर–१ बाट पराजित भएका छन्। जिल्लामा उनले नगरेको विकास प्रयास केही छैन, जनताका लागि उनले सकेसम्मकाे विकास गरे, संसदमा देशका लागि चर्को आवाज उठाए। राष्ट्रघातका विरुद्धमा दह्रो हिम्मतसाथ नेतृत्व गरे। ख्वप युनिभर्सिटी स्थापनाको प्रयास, भक्तपुर अस्पतालको स्तरोन्नति, ख्वप अस्पतालको निर्माण र भक्तपुरको संस्कार तथा सम्पदा संरक्षणका अभियान नै उनका लागि अभिशाप बनेको स्थानीय बुद्धिजीवीहरु बताउँछन्।

पहिले भक्तपुर–२ गुम्यो, अहिले भक्तपुर–१ पनि गुमेपछि सुवाल समर्थकहरु स्तब्ध भएका छन्। संसद्मा राष्ट्रघातविरुद्ध चिच्याउने उनको आवाज र काेरिया, चीन तथा रुससँगको निकटता पनि उनका लागि भारी बनेको टिप्पणी हुन थालेको छ।

‘बाँकी कुरा हेर्दै जाउँ, यो देशले धेरै कुरा गुमाउन बाँकी नै छ,’ एक स्थानीय अगुवाले भने, ‘एउटा सांसद पद गुमेको हो, अब चित्त पनि नदुखाऔं।’ तर भक्तपुर–१ का मतदाता सचेत रहेनछन् भन्नेमा भने कसैको दुईमत छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button