भक्तपुरमा एमाले पराजित : खत्रीलाई बधाई, जनताको सेवा गर्ने प्रतिबद्धता

भक्तपुर — प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत भक्तपुर क्षेत्र नं. २ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार पराजित भएका छन्। उनले सोमबार एक विज्ञप्ति जारी गर्दै जनताको निर्णय सम्मानपूर्वक स्वीकार गरेको बताएका छन्।

“यसपटकको परिणाम हाम्रो अनुकूल हुन सकेन, तर लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुन्छ भन्ने विश्वासका साथ त्यसलाई सम्मानपूर्वक स्वीकार गर्दछु,” उनले भने।

उनले विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजिब खत्रीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

सूर्य चिन्हमा मतदान गरी आफूप्रति विश्वास व्यक्त गर्ने सम्पूर्ण मतदाता तथा चुनावी अभियानमा खट्ने पार्टीका साथीहरूप्रति उनले हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।

“राजनीतिमा हार–जित स्वाभाविक प्रक्रिया हो। तर जनताको सेवा गर्ने हाम्रो प्रतिबद्धता कहिल्यै हार्दैन,” उनले भन्दै अब आफ्नो भूमिका रचनात्मक प्रतिपक्षको हुने बताए।

उनले जनताको शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन र समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता व्यक्त गरे।

“जनताको विश्वास, माया र साथ नै मेरो सबैभन्दा ठूलो शक्ति हो। बाँकी जीवन पनि जनताकै सेवा, हित र समृद्ध भक्तपुर निर्माणमा समर्पित रहनेछ,” उनले भने।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button