हङकङको आगलागी प्रभावित अपार्टमेन्ट सरकारले किन्ने, पीडितलाई राहत

हङकङ / हङकङ विशेष प्रशासनिक क्षेत्र (हङकङ) सरकारले गत नोभेम्बरको अन्त्यतिर भएको भीषण आगलागीबाट क्षतिग्रस्त वाङ फुक कोर्टका सातवटा भवनका एकाइहरूको स्वामित्व किन्ने योजना आइतबार सार्वजनिक गरेको छ। यो खरिद नगद वा सम्पत्ति अदला–बदली मार्फत गरिनेछ, जसको कुल लागत करिब ६ अर्ब ८० करोड हङकङ डलर (करिब ८७ करोड अमेरिकी डलर) पुग्ने अनुमान गरिएको छ।

हङकङ सरकारका उप वित्त सचिव माइकल वोङले पत्रकार सम्मेलनमा भने, “यो कदमले आगलागी प्रभावित परिवारलाई राहत पुर्याउनेछ। सरकारले खरिदपश्चात बीमा र अन्य प्रक्रियासम्बन्धी सबै कानुनी जोखिम र अन्योलता आफैं वहन गर्नेछ।” उनले आगलागीबाट प्रभावित नभएको वाङ फुक कोर्टको एउटा भवन यो योजनामा नपर्ने स्पष्ट पारे।

सरकारले क्षतिग्रस्त सातवटै भवन भत्काएर त्यहाँ पार्क वा सामुदायिक सुविधा निर्माण गर्ने विचार गरिरहेको वोङले बताए। यस योजनाबाट आगलागीमा परिवार गुमाएका र विस्थापित भएका पीडितलाई राहत मिल्नुका साथै सुरक्षित बसोबासको वातावरण बन्ने विश्वास सरकारको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button