शान्तिका लागि हरसम्भव प्रयास गर्ने युक्रेनी राष्ट्रपतिको प्रतिबद्धता

कीभ / युक्रेन, संयुक्त राज्य अमेरिका र रुसबीचको अर्को चरणको वार्ताले युक्रेन र शान्तिका लागि ठोस परिणाम ल्याउन आफूले सबै आवश्यक प्रयास गर्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार बताएका छन्।
एक भिडियो सम्बोधनमा उनले युक्रेन शान्तिको बाटोमा कहिल्यै अवरोध नबन्ने स्पष्ट पारे। आगामी सप्ताह युरोपेली साझेदारहरूसँग भेटवार्ता तय भएको जानकारी दिँदै जेलेन्स्कीले भने, “युरोप सबै प्रक्रियामा सहभागी हुने र अझ सबल बन्ने गरी हामी विस्तृत समन्वय गर्नेछौं।”
युक्रेन, अमेरिका र रुसका प्रतिनिधिमण्डलबीच गत फेब्रुअरी १७–१८ मा स्विट्जरल्यान्डको जेनेभामा भएको पछिल्लो वार्तामा प्रमुख मुद्दाहरूमा कुनै सहमति हुन सकेको थिएन।





