रुसी सेनाको जवाफी हमला : ३२६ ड्रोन र सात हिमार्स रकेट ध्वस्त

काठमाडौं। रुसले पछिल्लो २४ घण्टामा युक्रेनी सेनाले प्रक्षेपण गरेका ३२६ ड्रोन, सात हिमार्स रकेट र पाँच निर्देशित हवाई बम नष्ट गरेको जनाएको छ। रुसी रक्षा मन्त्रालयले आइतबार यस्तो दाबी गरेको हो।

रुसी रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “हवाई प्रतिरक्षा प्रणालीले पाँच निर्देशित हवाई बम, अमेरिकी निर्मित हिमार्स बहु प्रक्षेपण रकेट प्रणालीबाट प्रक्षेपित सात रकेट र ३२६ फिक्स्ड–विङ मानवरहित हवाई सवारी (ड्रोन) नष्ट गरेको छ।”

यसैबीच, रुसी सेनाले युक्रेनी सैन्य औद्योगिक परिसरका सुविधा र युक्रेनी सेनालाई सहयोग पुर्याउने ऊर्जा पूर्वाधारमा लामो दूरीका सटीक हतियार प्रयोग गरी आक्रमण गरेको मन्त्रालयले जनाएको छ। आक्रमणमा तोकिएका सबै लक्ष्य भत्काइएको दाबी गरिएको छ।

मन्त्रालयले भनेको छ, “रुसी सशस्त्र सेनाले लामो दूरीका भू–प्रक्षेपित तथा हवाई प्रक्षेपित सटीक हतियार र मानवरहित हवाई सवारी प्रयोग गरी युक्रेनी सैन्य औद्योगिक परिसरका सुविधा र युक्रेनी सैन्य कारबाहीलाई सहयोग पुर्याउने ऊर्जा पूर्वाधारमा ठूलो मात्रामा आक्रमण गरेको छ। आक्रमणका उद्देश्य पूर्ण रूपमा प्राप्त भएका छन्। तोकिएका सबै लक्ष्य नष्ट गरिएका छन्।”

रुसी सेनाले युक्रेनी सैन्य आपूर्ति केन्द्र र ड्रोन तथा तिनका पार्टपुर्जा भण्डारण गरिएको केन्द्र पनि नष्ट गरेको मन्त्रालयले जनाएको छ। साथै, १४४ स्थानमा रहेका युक्रेनी सेना र विदेशी भाडाका सैनिकको अस्थायी तैनाथी केन्द्रमा पनि आक्रमण गरिएको बताइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button