जर्मन चान्सलर मेर्जको पहिलो चीन भ्रमण : बेइजिङमा उच्चस्तरीय भेटवार्ता हुँदै

बेइजिङ: जर्मनीका नवनियुक्त चान्सलर फ्रिडरिख मेर्ज बुधबार आधिकारिक भ्रमणका लागि बेइजिङ आइपुगेका छन्। बिहीबारसम्म चल्ने यो भ्रमण पदभार ग्रहणपछि मेर्जको चीन भ्रमण हो।
यस भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री ली छियाङले मेर्जसँग अलग-अलग भेटवार्ता गर्ने कार्यक्रम छ। उच्चस्तरीय यी भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल हुने अपेक्षा गरिएको छ।





