भेनेजुएलाको तेल अमेरिका भित्र्याउँदै, ट्रम्पको दाबी: ‘८ करोड ब्यारेल तेल प्राप्त गर्यौं’

वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट ८ करोड ब्यारेल भन्दा बढी तेल प्राप्त गरेको दाबी गरेका छन्। दोस्रो कार्यकालको पहिलो ‘स्टेट अफ द युनियन’ सम्बोधनका क्रममा मंगलबार उनले यो जानकारी दिएका हुन्।
“हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेल भन्दा बढी तेल प्राप्त गरेका छौं,” ट्रम्पले भने। उनले अमेरिकी तेल उत्पादन पनि दैनिक ६ लाख ब्यारेलले वृद्धि भएको बताए।
यो घटनाक्रम जनवरीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सैन्य कारबाहीपछि पक्राउ गरेपछि आएको हो। न्यूयोर्कको अदालतमा मादुरोमाथि लागुऔषध तस्करी र अन्य आरोप लगाइएको छ। त्यसपछि अमेरिकाले भेनेजुएलाको तेल निर्यातमा आफ्नो नियन्त्रण स्थापित गरेको हो।





