युक्रेन संकटको चौथो वर्षगाँठमा संयुक्त राष्ट्रसंघीय प्रस्ताव : ‘तत्काल युद्धविराम र दिगो शान्तिको आह्वान’

संयुक्त राष्ट्रसंघ: युक्रेन संकटको चौथो वर्षगाँठका अवसरमा मंगलबार संयुक्त राष्ट्र महासभाले “तत्काल र सर्तरहित युद्धविराम” र “व्यापक, न्यायपूर्ण एवं दिगो शान्ति” को आह्वान गर्दै एउटा प्रस्ताव पारित गरेको छ।

युक्रेन र धेरै युरोपेली मुलुकहरूद्वारा तयार पारिएको उक्त मस्यौदा प्रस्ताव संयुक्त राष्ट्र महासभाको ११औं आपतकालीन विशेष सत्रमा १०७ को पक्षमा, १२ को विपक्षमा र ५१ मत तटस्थ रहँदा पारित भएको हो।

अमेरिका मतदानबाट टाढा रहने मुलुकहरूमा परेको छ भने रुसले मस्यौदा प्रस्तावको विपक्षमा मतदान गरेको छ।

प्रस्तावले “अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त सीमाभित्र युक्रेनको सार्वभौमसत्ता, स्वतन्त्रता, एकता र क्षेत्रीय अखण्डता” प्रति प्रतिबद्धता जनाए पनि यसको कानुनी रूपमा बाध्यकारी शक्ति भने छैन।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button