अफगान–पाकिस्तान सीमामा भिडन्त : गोली र गोलाको वर्षा, हताहतको आशंका

काबुल: अफगानिस्तान र पाकिस्तानबीच सीमा क्षेत्रमा मंगलबार दिउँसो भएको गोली हानाहानी अझै जारी रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

स्रोतका अनुसार पूर्वी अफगानिस्तानको नङ्ग्रहार प्रान्तमा पाकिस्तानसँग सीमा जोडिएको क्षेत्रमा यो झडप भएको हो। दुवै पक्षले भारी हतियार प्रयोग गरेको र धेरैको ज्यान गएको हुन सक्ने आशंका गरिएको छ। यस विषयमा अहिलेसम्म दुवै सरकारले आधिकारिक धारणा सार्वजनिक गरेका छैनन्।

यसअघि आइतबार पाकिस्तानले गरेको हवाई आक्रमणको अफगानिस्तानले जवाफ दिने चेतावनी दिएको थियो। अफगान सरकारका प्रवक्ता जबिउल्लाह मुजाहिदले सोमबार नै पाकिस्तानी आक्रमणको प्रतिकार गरिने बताएका थिए।

आइतबार भएको पाकिस्तानी हवाई आक्रमणमा परी १८ जनाको मृत्यु र पाँच जना घाइते भएको अफगान पक्षको दाबी छ। तर पाकिस्तानी सेनाले भने आत्मघाती बम आक्रमणपछि सीमा क्षेत्रमा रहेका सात आतंककारी शिविर र लुकेका स्थानहरूमा लक्षित आक्रमण गरी ८० भन्दा बढी आतंककारी मारिएको जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button