चीन र जर्मनीबीच रणनीतिक साझेदारीको नयाँ अध्याय

बेईजिङ / चीनका प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा जर्मनीका प्रधानमन्त्री फ्रिड्रिक मर्च फेब्रअरी २५ तारिखदेखि चीनको भ्रमणमा हुनुहुन्छ। २६ तारिखसम्म चल्ने यस भ्रमणमा उहाँसँग जर्मनीको आर्थिक क्षेत्रका ३० उच्च प्रतिनिधिहरूको टोली पनि सहभागी छ।

भ्रमणका क्रममा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र प्रधानमन्त्री ली छ्याङ दुवैले प्रधानमन्त्री मर्चसँग भेटवार्ता गर्नुभएको छ। दुई देशका शीर्ष नेताहरूबीच चीन–जर्मनी सम्बन्ध, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मुद्दा र आर्थिक नीतिहरूका विषयमा विस्तृत छलफल भएको छ।

दुवै पक्षले चीन–जर्मनी सम्पूर्ण रणनीतिक साझेदारी सम्बन्धअन्तर्गत भएका सहयोगहरूको उच्च मूल्याङ्कन गरेका छन्। आपसी सम्मान, पारस्परिक लाभ, खुला संवाद र संयुक्त रूपमा चुनौतीहरूको सामना गर्ने तथा कूटनीतिक सम्बन्ध विकास गर्ने आधारभूत सिद्धान्तहरूमा दुवै पक्ष सहमत भएका छन्। यस भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई नयाँ ऊर्जा प्रदान गरेको छ। जर्मनीले एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।

संयुक्त राष्ट्र संघको बडापत्र र अन्तर्राष्ट्रिय कानूनलाई सहयोगको आधार मान्दै, चीन र जर्मनीले संयुक्त राष्ट्र संघको भूमिकाको संरक्षण गर्दै बहुपक्षीयता र स्वतन्त्र व्यापारलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

यस भ्रमणले चीन र जर्मनीले स्थिर र रचनात्मक कूटनीतिक सम्बन्धको संरक्षण गर्दै, दुवै पक्षको हितमा रहेका क्षेत्रहरूमा सहयोग गहन बनाउने, र खुला तथा पारस्परिक सम्मानपूर्ण संवादमार्फत मतभेदहरूको सामना गर्ने दृढता देखाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button