चुनावी रणनीतिमा नयाँ मोड

काठमाडौं / फागुन २१ को चुनावी तयारी उत्कर्षमा पुगेको छ। यही सन्दर्भमा सुरक्षा निकायका शीर्ष अधिकारीहरू सक्रिय भएका छन्। आज बिहानैदेखि कोही पूर्व, कोही पश्चिमतिर प्रस्थान गरेका छन्। सबैभन्दा चासोको विषय नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरूको टोली एकैपटक दिल्ली उड्नु भएको छ।

समाचार श्राेतहरुका अनुसार, गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा एउटा उच्चस्तरीय टोली हेलिकप्टर मार्फत भोजपुर लगायत पूर्वी पहाडी जिल्लातिर गएको छ। सेनाकै हेलिकप्टरमा गएको सो टोलीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक, साथै नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू पनि सामेल छन्। उनीहरूले चुनावी सुरक्षाको समीक्षा गर्ने र मातहतका कर्मचारीहरूको मनोबल उच्च बनाउने कार्यक्रम रहेको बुझिएको छ।

यसैगरी, गृहसचिव राजकुमार श्रेष्ठको नेतृत्वमा अर्को टोली स्याङ्जा, गोरखा लगायत गण्डकी प्रदेशका जिल्लातिर जाँदैछ। चारवटै सुरक्षा निकायका अधिकारीहरू सहभागी यो टोलीले पनि त्यस क्षेत्रको सुरक्षा अवस्थाको जानकारी लिने र चुनावी तयारीको अनुगमन गर्नेछ।

यता, चुनावको मुखमा चार पूर्व प्रधानसेनापति हिजो नयाँ दिल्ली प्रस्थान गरेका छन्। पूर्णचन्द्र थापा, प्यारजंग थापा र राजेन्द्र क्षेत्री सहभागी सो टोलीको दिल्ली भ्रमणको उद्देश्य भने खुल्न सकेको छैन। चुनावी सन्धिक्षणमा पूर्व सेनापतिहरूको यो एकाएक भारत भ्रमणले भने राजनीतिक र सुरक्षा वृत्तमा थुप्रै प्रश्न र चासो उब्जाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button