‘नेपाल–चीन सम्बन्ध नयाँ उचाइमा पुग्ने’ : प्रधानमन्त्री कार्कीको विश्वास

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङबीच शिष्टाचार भेट भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय तथा मन्त्रिपरिषद् सचिवालयमा भएको भेटमा प्रधानमन्त्री कार्कीले चिनियाँ राजदूतसँग भेट गर्न पाउँदा खुशी व्यक्त गरेको उनका प्रेस सल्लाहकार राम रावलले जनाएका छन्।

भेटपछि प्रधानमन्त्रीको सामाजिक सञ्जालमा लेखिएको छ, ‘नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत महामहिम चाङ माओमिङसँग आज सिंहदरबारमा शिष्टाचार भेट गर्न पाउँदा खुशी लागेको छ। उहाँको सफल कार्यकालका लागि हार्दिक शुभकामना।’

प्रधानमन्त्री कार्कीले अब नेपाल–चीन मित्रवत् सम्बन्ध, सहकार्य र साझेदारी नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरेकी छन्। दुई देशबीच रहेको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता पनि उनले भेटमा व्यक्त गरेको बताइएको छ।

राजदूत चाङले गत मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि अस्ति परराष्ट्रमन्त्री बालानन्द शर्मासँग शिष्टाचार भेट भएको थियो। नियुक्तिपछि प्रधानमन्त्रीसँगको भेटलाई दुईपक्षीय सम्बन्ध सुमधुर बनाउन महत्वपूर्ण मानिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button